आइपिएल : कोलकातालाई हराउँदै शीर्ष स्थानमा उक्लियो लखनउ

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध लखनउ सुपर जायन्ट्स ७५ रनले विजयी भएको छ । यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । लखनउले ११ खेल खेल्दा आठमा जित र तीन खेलमा हार बेहोरेको छ । 

केकेआरमाथिको जितसँगै प्लेअफ पुग्ने लखनउको सम्भावना झन् बढेको छ । यता गत संस्करण उपविजेता कोलकाताले भने प्लेअफ दौड कमजोर बनाएको छ । आठौं स्थानमा रहेको उसले ११ म्याच खेल्दा सातमा हार र चार खेलमा मात्र जित हात पारेको छ । 

आफ्नो ११ औं खेलमा पञ्जाबले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १४.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द्रे रसेलले आक्रामक पारी खेले पनि जित दिलाउन सकेनन् । उनले १९ बलमा पाँच छक्का र तीन चौकासहित ४५ रन बनाए । त्यस्तै, सुनिल नारायण २२ र आरोन फिन्च १४ रनमा आउट भए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि आवेश खान, जेसन होल्डरले तीन/तीन, रवि विश्नोई, दुश्मन्था चामेरा र मोहसिन खानले एक/एक विकेट लिए । त्यसअघि  पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धापरत २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो ।

उसका लागि क्विन्टन डिककले २९ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए । त्यस्तै, दीपक हूडाले ४१, मार्कस स्टोइनिसले २८, आयुष बदोनीले अविजित १५ र जेसन होल्डरले १३ रनको योगदान दिए । कोलकाताका लागि आन्द्रे रसेलले दुई, टिम साउथी, शिवम मावी, र सुनिल नारायणले एक/एक विकेट लिए । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ६:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया