एमालेले आज बुटवलमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले आज बुटवलमा चुनावी सभा गर्दैछ । मध्यान्ह १२ बजे हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

रूपन्देही जिल्लास्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाता जुलुससहित सहभागी हुन आउने नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । 

देवीनगरस्थित खुला मैदानमा आयोजना हुने आमसभामा रूपन्देहीका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए । 

एमालेले चुनावी सभाको तयारी पूरा गरेको जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ७:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया