नान्टेसले गएरातिको फाइनलमा निसलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि उचालेको छ । नान्टेसले चौथोपटक फ्रेन्च कपको उपाधि उचालेको हो ।
उसले पछिल्लोपटक सन् २००० मा यो उपाधि जितेको थियो । स्टेड डि फ्रान्समा भएको खेलको ४७ औं मिनेटमा लुडोभिच ब्लासले गरेको एक मात्र गोल नान्टेसलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
उपाधिसँगै नान्टेसले आगामी सिजनका लागि युरोपा लिगमा समेत स्थान सुरक्षित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।