दल विशेषलाई पराजित गर्नु एमालेको प्राथमिक विषय होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विशेषलाई पराजित गर्नु एमालेको मुख्य लक्ष्य नभएको बताएका छन् । आफूहरूको उद्देश्य नेपालको विकास गर्नु रहेको उल्लेख गर्दै उनले एमालेको लक्ष्य सार्वभौम सत्ता र अखण्डतालाई अक्षुण राख्नु रहेको बताएका हुन् ।

‘दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन । हाम्रो मुख्य धेय नेपालको विकास गर्ने हो । नेपालीको इज्जत, प्रतिष्ठा बढाउने हो । नेपालको सार्वभौम सत्ता र अखण्डतालाई अक्षुण राख्ने हो,’ आज काठमाडौंमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको ओलीले भने । 

उनले दरिलो र गर्विलो राष्ट्र एमालेबिना सम्भव नहुने पनि दाबी गरे । ‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम गर्विलो राष्ट्र बनाउन चाहन्छौं, त्यो एमालेबिना सम्भव छैन,’ ओलीले भने ।
 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ११:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया