नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा उम्मेदवारलाई मतदान नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कार्यकर्तालाई दायाँबायाँ नगर्न चेतावनी दिएका हुन् ।
'गठबन्धनको उम्मेदवारलाई जिताउने कांग्रेसको कर्तव्य हो दायाँबायाँ गर्नेलाई कारबाही गर्छौं,' उनले भने । गठबन्धनकै कारणले प्रदेशदेखि संघमा सरकार बनेको भन्दै गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका नगर्न देउवाले नेता-कार्यकर्तालाई अनुरोध गरे ।
केपी ओलीको आतंक रोक्न गठबन्धन आवश्यक रहेको पनि बताए । देउवाले स्थानीय कांग्रेसका नेताहरुलाई गठबन्धनका साझा उम्मेदवरलाई जिताएर पठाए मात्र गठबन्धन कायम रहने जिकिर गरे ।
'ओलीको आतंक अन्त्य गर्न पनि गठबन्धनका नेताहरुलाई जिताउनु आवश्यक छ । ओलीले हिजो जितेर गए । हिजोजस्तो फेरि पनि पार्लियामेन्टको पटकपटक भंग गर्न सक्छन्,' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।