देउवाजी, तपाईं र प्रचण्डबीचको 'चाउरे पिरती' धेरै दिन चल्नेवाला छैन : सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्‍त्री सुरेन्द्र पाण्डेले नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको 'च्याउरे पिरती' धेरै नटिक्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् ।

उनले चितवनको भरतपुरमा मेयरका लागि नेपाली कांग्रेस सभापति देउवाले प्रचण्ड पुत्री रेनु दाहाललाई टिकट दिन आफूले भनेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्ने उनले भने 'कति प्यारो प्रेम बसे छ शेरबहादुर देउवालाई रेनु र प्रचण्डजीमाथि । ज्यादै घनिष्ठ प्रेम बसेछ । उहाँ (रेनु)लाई  मेयर बनाउने प्रेम बसे छ । म भन्न चाहन्छु, शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ । ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानु पर्दैन होला । नक्कली, यो चाउरे पिरती धेरै दिन चल्नेवाला छैन । केही दिनमा नै अंगभंग हुने वाला छ ।'

उनले कांग्रेस सभापति देउवा पत्नी आरजु राणाको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । आरजुले जहाँ कांग्रेसका मेयरले जित्छन् त्यहाँ मात्रै बजेट दिने भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, '२१औँ शताब्दीका जनता बेबकुफ छन् भन्ने ठान्ने, अहिले पनि राणाशासन गएको छैन भन्ने भान उहाँमा रहेछजस्तो मलाई लाग्यो । यो राणा शासन होइन यो लोकतन्त्र हो । तपाईंको गोजीको पैसा होइन । कृपया प्रधानमन्त्री पत्नीज्यु नेपाली जनताले कर तिरे ढुकुटीमा जम्मा गरेको पैसा हो । यसमा सबैको हिसाबकिताब हुन्छ ।'





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १५:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया