ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र२–०१–००१ त २००१ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिएको हो । 

सो क्रममा ट्र्याक्टरको इन्जिनले च्यापेर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनको शवलाई कानुनी प्रतिक्रिया पूरा गरी दुर्घटना भएको ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता काफ्लेले भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १७:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया