कांग्रेस कार्यकर्तालाई ओलीको सहानुभूति : पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् ।

आइतबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेएका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन भनी प्रश्नसमेत गरे ।

उनले कांग्रेस कार्यकर्ताहरू प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकिर गरे । प्रचण्डले केही दिनअघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिताविपरीत हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गरे ।

उनले प्रचण्डले सिर्जना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनी निर्वाचन आयोगले भने पनि कारबाही भने गर्न नसकेको आरोप लगाए । उनले निर्वाचन आयोगले सत्तारुढ गठबन्धन बाहेकलाई मात्रै निर्वाचनको आचारसंहिता लगाउने गम्भीर आशंका पनि व्यक्त गरे ।

‘कांग्रेसका कार्यकर्ताहरूको छाती विस्याएर बस्नु भएको होला पीडाले । कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँछन् । के हेरेर बसेका छन, कार्यकर्ता, नेताहरू ? पार्टी त सिद्धियो कांग्रेसको,' उनले भने 'म नेपाली कांग्रेसका यहाँका कार्यकर्ताहरूप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु । कसरी मन थामेका होलान् । प्रचण्डकी छोरीलाई जिताउनुपर्ने, अरूका छोरी जिताउनुपर्ने, जिन्दगीभरि आफैँ कांग्रेसमा हिँडेका साथीहरू विचरा, हेर्नुस् । एउटा गीत भनेजस्तै पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ भनेजस्तो ।'

 अध्यक्ष ओलीले कांग्रेस नेताहरुले जसलाई भोट मागे पनि हुने तर कार्यकर्ताहरूले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताए ।



कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरूबीच एकतावद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अघि बढनुपरेको बताएका थिए ।



  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १८:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया