गठबन्धनलाई जिताउन अपिल गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरूको गठबन्धन परास्त नगरे देशमा राजनीतिक दुर्घटना हुने बताए ।

आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको सुनाए ।

उनले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धनलाई सफल पार्नुपर्ने बताए । उनले कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनलाई सफल बनाउन अपिल गर्दा कतिपयले 'जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो' भनेर पनि गलत अर्थ लगाइएको जिकिर गरे ।

‘गणतन्त्र गठबन्धन विरोधीहरूको गठबन्धन जो आएको छ, त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा र नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसहरुले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ' उनले भने ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १८:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया