गठबन्धनको कुनै राजनीतिक मान्यता, विचार र सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धन केवल एमालेविरुद्ध मोर्चाबन्दी मात्रै भएको बताएका छन् ।

आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यता, विचार र सिद्धान्त नभएको बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा दुईवटा केन्द्र देखा परेको र स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नुपर्ने उनले बताए । यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उनको दाबी थियो । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २०:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया