लमजुङमा राँगाले हानेर एकजनाको मृत्यु

लमजुङमा राँगाले हानेर एकजनाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका वडा नं. ४ कुम्रुकमा राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार बिहान ६ बजेको समयमा उक्त घटना भएको हो । राँगाले हानेर मृतककी छोरी २० वर्षकी रविना नेपाली घाइते भएकी छिन् ।

आफैँले पाल्दै आएको राँगालाई बाँध्ने क्रममा गोठनजिक जाँदा राँगाले नेपालीलाई हानेको थियो । घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार २१:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया