फराकिलो जित निकाल्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । घरेलु टोली सिटीले न्युकासल युनाइटेविरुद्ध ५–० को जित निकालेको हो ।

यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इतिहाद स्टेडियममा खेलको १९ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा एम्रिक लापोर्टले टोलीको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी ३–० ले अघि बढ्यो । ९० औं मिनेटमा फिल फोडेनले घरेलु टोलीका लागि चा‌ैथो गोल गरे ।

थप गरिएको समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ५–० को फराकिलो जित दिलाए । यो जितसँगै सिटीले ३५ खेलमा ८६ अंक जोड्दा पराजित न्युकासल ३६ खेलबाट ४३ अंकका साथ १३ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा वेस्ह्याम युनाइटेडले नर्विच सिटीलाई ४–० ले हरायो । आर्सनलले लिड्स युनाइटेड तथा एभर्टनले लेस्टर सिटीमाथि समान २–१ को जित हात पारे ।   





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार ६:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया