स्पेनिस ला लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली एट्लेटिको मड्रिड विजयी भएको छ । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिको मड्रिड डर्बीमा लिग विजेता रियल मड्रिडविरुद्ध १–० ले विजयी भएको हो ।
खेलको ४० औं मिनेटमा यानिक कारास्कोले पेनाल्टीमार्फत गरेको एक मात्र गोल एट्लेटिकोलाइ जित दिलाउन पर्याप्त बन्यो । यो जितसँगै ३५ खेलमा ६४ अंक जोडेर एट्लेटिको चौथो स्थानमा रहँदा पराजित रियल समान खेलबाट ८१ अंकका साथ शीर्षमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा गेटाफेले रायो भ्यालेकानोसँग गोलरहित, भिल्लारियलले सेभिया तथा स्पान्योलले ओसासुनासँग १–१ को बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।