स्थानीय र न्यून चापीयको संयुक्त असर : आज र भोलि पनि वर्षाको सम्भावना
तस्बिर : जुली गिरी

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती  र गण्डकीका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश–१, बागमती र  लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार ७:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया