नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । एमालेले पनि गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै चुनावी सभा गर्न लागेको हो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको । सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । पोखरामा यसपालि एमालेबाट कृष्णबहादुर थापा मेयरका लागि चुनावी मैदानमा छन् ।
गठबन्धनको साझा पोखरा महानगर उम्मेदवारका रूपमा नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई अघि सारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।