नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको जवाफ दिन नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।
ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।
त्यसको काउन्टरमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।