लमजुङमा आफ्नै घरधनीलाई मार्ने राँगालाई प्रहरीले गोली हानेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले गोली हानेर राँगोलाई मारेको हो ।
जिल्लाको सुन्दरबजार नगरपालिका–४ मा ४४ वर्षीय खुमबहादुर मौरतीलाई राँगाले हान्दा मृत्यु भएको थियो । राँगोले हानेर गम्भीर घाइते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो ।
त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो ।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आफैंले पालेको राँगोले केही नगर्ला भनेर घरधनीले राँगा समात्न खोज्दा सो घटना हुन पुगेको स्थानीयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।