६५ वर्षदेखि नै वृद्धभत्ता दिने कांग्रेसको अठोट छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए । 

‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयु पुग्या छ । त्यो पनि ठूलो उपलब्धि हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयु ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा. महतले भने, ‘जो चाहिँ हुने खाने छन्, उनीहरू ८०/८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो चाही गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयु ७१ वर्ष पनि छैन् । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ । साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ । यसले गर्दा सीमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उनको भनाइ छ ।  





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १२:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया