बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । 

पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । 

त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’

केही दिनअघि डडेल्धुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवा पत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् । 
 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १५:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया