गठबन्धन  शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : पूर्णबहादुर खड्का
फाइल तस्वीर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताए ।

उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे ।

'गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ', खड्काले भने, 'त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।'

उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए ।

'आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस', गठबन्धनका नेतालाई उनले भने, 'आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौँ, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन ।'

नेपाली कांग्रेसका उपसभापति खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन वीरेन्द्रनगरका मतदातालाई आग्रह गरेका छन् । 



वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।



  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १६:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया