राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि करविरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले १७ करोड सात लाख ५५ हजारबराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको पनि सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आरोपित अन्तरा इन्टरनेसनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपितविरुद्ध शतप्रतिशत जरिवानासमेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।