पोखराको मेयरमा कांग्रेसबाट उम्मेदवारी दिएका कार्कीले गठबन्धनलाई सहयोग गर्ने
फरकधार / २६ बैशाख, २०७९

पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । 



पाँचदलीय गठबन्धनको निर्णयविपरीत उनले कांग्रेसले लिएको नीतिप्रति असहमति जनाउँदै कार्कीले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवरी निष्क्रिय भएको घोषणा गरेका कार्कीले अब गठबन्धनका उम्मेदवारलाई सहययोग गर्ने घोषणासमेत गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएका कार्कीले अन्तिम समयमा विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।



 ‘साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रहअनुसार मेरो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दछु,’ कार्कीले विज्ञप्तिमा भनेका छन्, ‘अब गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छु ।’

  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १८:५०:२५,   अन्तिम अपडेट : बैशाख २६, २०७९ साेमबार २२:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया