एमाले एक क्विन्टल आलु भए हामी पाँच तोला सुन : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई सुनसँग तुलना गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई तोला र एमाले क्विन्टल भनेको विषयमा शर्माले यस्तो जवाफ फर्काएका हुन् ।  

सत्ता गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘तपाईहरू एक क्विन्टल नै हो, हामी तोला हौँ, कमरेडलाई थाहा नहोला, तर बजारलाई थाहा छ, तोलाको मूल्य ।’ नेकपा एमाले एक क्विन्टलको आलु भएको र आफूहरू एक–एक तोलाको पाँच तोला सुन भएको उनको तर्क छ ।

उनले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको उदृत गर्दै उनले अहिलेको तालमेल समयको आवश्यक रहेको दाबी गरे । 

स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन् ।

मेयर पदका उम्मेदवार पौडेलले भने इटहरीमा गठबन्धन जितको नजिक पुगेको बताए । उनले इटहरीमा यसअघि नेकपा एमाले निर्वाचित भए पनि दूरदर्शी नेतृत्व नभएको आरोप लगाए । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १९:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया