एमालेको विकासको दृष्टिकोणमा नै खोट रहेको कांग्रेस महामन्त्री थापाको आरोप

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सही बाटोमा हिँडाउन गठबन्धन अहिलेको अपरिहार्य रहेको बताएका छन् । कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेका अध्यक्ष केपी ओलीले देशलाई उल्टो बाटोमा धकेलेको आरोप लगाए । 

ओलीले दुईपटक संसद् विघटन गरेर देशमा अस्थिरता निम्त्याएको थापाको दाबी छ । एमालेको विकासको दृष्टिकोणमा नै खोट रहेको उनको आरोप थियो । 

ओलीले पानी जहाज कुदाउने, रेल कुदाउँने, घर–घरमा ग्यासका पाइप पुर्याउने भनेर ठूल्ठूला गफ मात्रै दिएको उनले बताए । ओलीले बजेट नै व्यवस्था नगरी कागजमा विभिन्न योजनाको उद्घाटन गर्नुको कुनै अर्थ नहुने उनले बताए । 

एमालेहरूले भ्युटावर, पानीजहाज र रेल कुदाउनु मात्रै विकास भनिरहेको तर कांग्रेसले बालबालिका, जेष्ठ नागरिकहरुको जीवन परिवर्तन गर्न चाहेको उनको दाबी छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार २०:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया