मातृशोकमा परेका नगर प्रमुखका उम्मेदवार श्रेष्ठले पठाए मतदातालाई सन्देश पत्र

मातृ शोकमा परेका नेकपा एमालेका तर्फबाट सन्धिखर्क नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदाता समक्ष सन्देश पत्र पठाएका छन् ।

श्रेष्ठकी आमा उमाकुमारी श्रेष्ठको आज ८६ वर्षको उमेरमा निधन भएपछि हिन्दु संस्कारअनुसार पितृकर्ममा रहनुपर्ने भएपछि नेता श्रेष्ठले मतदातालाई सन्देशपत्र पठाएका हुन् ।

‘यही २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा म कृष्णप्रसाद श्रेष्ठ नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवार बनेको यहाँहरुलाई अवगत नै छ,’ श्रेष्ठले भनेका छन्, ‘मत माग्न यहाँहरुको घरदैलोमा आउने मेरो चाहना थियो । तर, दुर्भाग्यवश ०७९ वैशाख २६ गते मेरी आमा उमाकुमारी श्रेष्ठको ८६ वर्षको उमेरमा भएको असामयिक निधनले हजुरहरुको घरदैलोमा आउने चाहना पूरा हुन सकेन’, आमा गुमाउनुपर्दाको यो समय मेरो लागि जीवनकै सबैभन्दा पीडादायी बनेको छ,’ सन्देश पत्र लेख्दै श्रेष्ठले सहयोगको लागि मतदातालाई आग्रह गरेका हुन् ।

स्वर्गीय उमाकुमारी श्रेष्ठका श्रीमान्, चार छोरा र दुई छोरी छन् । मृतक श्रेष्ठको आज नै गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।

 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार २०:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया