दाङमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेका लवरु चौधरीको निधन भएको छ ।

चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले चौधरीले जानकारी दिए । चौधरी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए ।  

बिरामी भएपछि उनी चार दिनअघि काठमाडौं आएका थिए । चुनाव प्रचारप्रसारका क्रममा बिरामी परेपछि चौधरीलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा ल्याइएको थियो । उनको कलेजोमा समस्या रहेको भन्ने बुझिएको एमाले तुलसीपुर अध्यक्ष वलीले जानकारी दिए । 

चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।  





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार ८:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया