महाराजगञ्ज नगरपालिकाको उपमेयर उम्मेदवार कुर्मीको निधन

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनः उम्मेदवार भएकी थिइन् । 

गएराति श्वासप्रश्वासमा असहज भएपछि उनलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा उनको राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । कुर्मीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको उनको निधन भएपछि सो नगरपालिकाको चुनाव स्थगित गर्ने तयारी गरेको छ ।    





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार ९:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया