रानीबारीलाई हराउँदै ‘सी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो सानेपा

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा सानेपा क्लब विजयी भएको छ । प्रतियोगिताको चौथो जित निकाल्ने क्रममा सानेपा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रानीबारी स्पोर्ट्स क्लबविरुद्ध ३–१ ले विजयी भएको हो । 

सुरुवाती अग्रता जोगाउन नसक्दा रानीबारी स्तब्ध बन्न पुग्यो । खेलको ४१ औं मिनेटमा दीपक बिकले रानीबारीलाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा बिबस मगरले पेनाल्टीमार्फत गोल गर्दै सानेपालाई १–१ को बराबरीमा ल्याए । ८२ औं मिनेटमा खेम राज तामाङले गोल गरेपछि टोली २–१ ले अघि बढ्यो । 

थप गरिएको समयमा रवीन बमले गोल गर्दै सानेपालाई ३–१ को सहज जित दिलाए । जितसँगै सानेपा तेस्रो स्थानमा उक्लिएको छ ।​ सानेपाले ७ खेल १३ अंक जोड्दा पाराजित रानीबारीको समान खेलबाट ७ अंकका साथ नवौं स्थानमा छ । 


 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १३:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया