डडेल्धुरामा कांग्रेसले मतदाता किन्न गाडीमा करोडौं रुपैयाँ ल्यायो : कर्ण मल्ल
फरकधार / २७ बैशाख, २०७९

नेपाली कांग्रेसबाट निष्कासित भएका नेता कर्णबहादुर मल्लले मतदाता किन्न कांग्रेसले करोडौं​ रुपैयाँ ल्याएको आरोप लगाएका छन् । उनले कांग्रेसले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याएर आएको दाबी गरेका हुन् ।



नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका मल्लले यस्तो दाबी गरेका हुन् । उनले धनगढीबाट ५६३९ नम्बरको गाडीमा उक्त पैसा ल्याएर डडेल्धुरामा राखेको बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् ।

देउवा मतदानपछि मात्र काठमाडौं फर्किने जनाएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरेका हुन् ।



उनको समूह विद्रोह गरेर अहिले कांग्रेस विपीमा मिसिएको छ । आफूहरूमाथि बारम्बार अन्याय भएको भन्दै उक्त समूहले विपीको चुनाव चिह्न करुवाबाट स्थानीय चुनाव लडिरहेको छ । त्यसैका लागि मल्लले जिल्लामा नेकपा एमालेसँग तालमेलसमेत गरेको छ । 



  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १४:४५:३३,   अन्तिम अपडेट : बैशाख २७, २०७९ मंगलबार १४:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया