हेटौंडामा समाजवादीका मेयर उम्मेदवार नै एमालेमा प्रवेश

नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरपालिकामा मेयर उमेदवार बनेका रोमप्रसाद भुर्तेल एमालेमा प्रवेश गरेका छन् । 

आज  एमाले हेटौंडा–४ मा भएको सभामा उनी एमाले प्रवेश गरेका हुन् । भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले स्वागत गरे । 

भुर्तेलले विकास र समृद्धिका कारण एमाले रोजेको बताए । देशमा अरू कुनै पार्टीको अस्तित्व नरहने र एमाले नै देश विकासको संवाहक भएको पनि उनले दाबी गरे ।  
 
 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १७:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया