ओलीको प्रश्नः कहिलेसम्म जनतामाझ जान रोक्छौ ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ ? भनेर गठबन्धन आबद्ध दलका नेतालाई प्रश्न गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाए । 

ओलीले भने, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । उनीहरु भन्छन्– जनतामाझ जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ ? ३० वैशाख त आइसक्यो ।’ 

अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए । 

कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उनले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताए । 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १८:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया