बर्थिङ सेन्टर खाली गरेर निर्वाचनमा खटिए स्वाथ्यकर्मी

सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गतका ‘बर्थिङ सेन्टर’हरु अहिले जनशक्तिविहीन भएका छन् । स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्यकर्मीसहित कर्मचारीलाई निर्वाचनका लागि खटाइएपछि बर्थिङ सेन्टर अहिले जनशक्तिविहीन बनेका हुन् ।

नगरपालिकामा प्रसूति सेवाका लागि मोहटी, छिन्चु, रामघाट, लेखपराजुल र मैनतडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । यी बर्थिङ सेन्टरमार्फत दैनिक तीनदेखि चारजना महिलाले प्रसूति सेवा लिइरहेका थिए । तर, अब यहाँ स्वास्थ्यकर्मीलगायत कर्मचारी नै नहुने भएपछि प्रसूति सेवाका लागि महिलाहरुलाई अन्यन्त्र धाउनुपर्ने बाध्यताको सिर्जना भएको छ । यसका साथै उनीहरुमा स्वाथ्य जोखिमसमेत बढेको छ ।

मुख्य निर्वाचन कार्यालयले भेरीगंगा नगरपालिकाका सबै आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ चौकी र बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारीलागयत एम्बुलेन्स चालकलाई समेत निर्वाचनका लागि खटाइएको छ ।
भेरीगंगा नगर स्वास्थ्य शाखा प्रमुख राजेश बुढा भन्छन्, ‘स्वास्थ्य सेवा क्षेत्रका कर्मचारी सबैलाई नै निर्वाचनका लागि खटाइनु गलत हो । भेरीगंगाका चार बर्थिङ सेन्टरमा जनशक्ति अभाव भएपछि ताला लगाउनुपरेको छ । यस्तो अवस्थामा प्रसूति सेवा लिन आउने महिलामा जोखिम बढाएको छ ।’

निर्वाचनका लागि स्वास्थ्यकर्मीको साथै सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई समेत खटाइएको उनी बताउँछन् । नगर अँतर्गतको मैनतडा बर्थिङ सेन्टरमा एकजना स्वास्थ्यकर्मी मात्र छन् भने अन्यमा ताला लगाइएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १८:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया