कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पार्यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको बताएका छन् । मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्मसँग गठबन्धन गरिरहेको उनले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसियाँ हथौडामा भोट हालेको स्मरण गराए । 

महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्दै ओलीलाई प्रतिप्रश्न गरे । उनले भने, ‘अस्ति भर्खर प्रचण्डलाई, नेकपा (माओवादी केन्द्र)लाई मत हालेर जिताएर आएर नेकपा(एमाले)ले पार्टी नै एउटै बनाएको होइन ?’

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताए । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए । 

महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिबद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंबासीलाई हेपेको बताए । 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १८:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया