सत्ता गठबन्धनको अपिल : गठबन्धनको बलमा मुलकको विकास र लोकतन्त्रको जगेर्ना सम्भव

सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् । 

स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् । 

‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्नेछ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं,’ पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। 

राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँचदलीय एकता कायम गरिएको हो विज्ञप्तिमा जनाइएको छ । 

गठबन्धनमा रहेका दलबीच तालमेलको अधिक प्रयत्नका बाबजुद कतिपय पालिकामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै उनीहरुले मतदान सन्निकट आइपुग्दै गर्दा मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार २०:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया