लखनउमाथि फराकिलो जित निकाल्दै गुजरात प्लेअफमा, राशिद खानको घातक बलिङ

नवप्रवेशी टोली गुजरात टाइटन्स भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ अर्थात अन्तिम चारमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा प्रवेश गरेको हो । ऊ जारी सिजनमा प्लेअफको यात्रा पक्का गर्ने पहिलो टोली बन्यो ।

लखनउले भने औपचारिकरूपमा प्लेअफ पुग्न एक खेल जित्नुपर्नेछ । आफ्नो १२ औं खेलमा गुजरातले दिएको १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लखनउले १३.५ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । 

उसका लागि दीपक हूडाले २७, आवेश खानले १२ र क्विन्टन डिककले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनलाई सस्तैमा समेट्न राशिद खानले घातक बलिङ गरे । ३.५ ओभरमा २४ रन दिएका उनले चार विकेट लिए । त्यस्तै, रविश्रीनिवासन साई किशोर र कप्तान हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए । 

त्यसअघि महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनायो । उसका लागि शुभमन गिलले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौकासहित अविजित ६३ रन बनाए । 

त्यस्तै, डेविड मिलरले २६, राहुल तेवटियाले नटआउट २२, कप्तान हार्दिक पाण्ड्याले ११ र म्याथ्यू वेडले १० रनको योगदान दिए । लखनउका लागि आवेश खानले दुई, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरातले १२ म्याच खेल्दा नौमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । लखनउले १२ मध्ये आठमा जित र चार खेलमा हारको सामना गरेको छ । 
 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ६:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया