प्रिमियर लिगमा एस्टन भिल्लामाथि लिभरपुलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल विजयी भएको छ । ऊ घरेलु टोली एस्टन भिल्लाविरुद्ध २–१ ले विजयी भएको हो । 

सुरुवाती अग्रता जोगाउन नसक्दा एस्टन भिल्ला स्तब्ध बन्न पुग्यो । भिल्ला पार्कमा खेलेको तेस्रो मिनेटमै डग्लस लुइजको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो ।

छैटौं मिनेटमा जोएल माटिपले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ६५ औं मिनेटमा सादियो मानेले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै दोस्रो स्थानको लिभरपुलले ३६ खेलमा ८६ अंक जोड्दा पराजित एस्टन भिल्ला ३५ खेलबाट ४३ अंकका साथ ११ औं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ७:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया