स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । ऊ सेल्टा भिगोविरुद्ध ३–१ ले विजयी भएको हो ।
क्याम्प नोउमा भएको खेलमा ३० औं मिनेटमा मेम्फिस डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ४१ औं मिनेटमा पियरे एमरिक औवामियाङले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
४५ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो । ५० औं मिनेटमा सेन्टा भिगोका लागि आस्पासले गोल गरेपनि बार्सिलोना ३–१ ले विजयी भयो ।
५८ औं मिनेटमा जेइसन मुरिल्लोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सेल्टा भिगो १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोड्दा पराजित सेल्टा भिगो समान खेलबाट ४३ अंकका साथ ११ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई ३–० तथा ग्रानाडाले एथलेटिक्स क्लब बिल्वाओलाई १–० ले पराजित गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।