काठमाडौंको कलंकी चोकमा टिपरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान थानकोटबाट स्वयम्भूतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।