श्रीलंका संकट : कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाजु महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । 

राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् । सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भिडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रीनमा पनि भिडहरू जम्मा भएका थिए ।

सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । झडपमा दुई सयभन्दा बढी घाइते भएका  राजधानीको मुख्य अस्पतालले जनाएको छ । केही सरकार समर्थक भीडले गरेको हमलाबाट घाइते भएका छन् भने कोही भीडमाथि प्रहरीले अश्रु ग्यास प्रहार गर्दा घाइते भएका छन् ।

प्रधानमन्त्रीका समर्थकविरुद्ध मुद्दा दायर गरिएको प्रदर्शनकारीहरूको पक्षमा काम गरिरहेका वकिलहरूले बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ९:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया