कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै छर्न समस्या

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै छर्न पाएका छैनन् ।

यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजसो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

नलगाड–८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै छरी सक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए । यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिँचाइको अभाव रहेको छ । 

वर्षा हुन नसकेको र सिँचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ९:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया