इंग्लिस क्लब चेल्सीका जर्मन सेन्टर ब्याक एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । रुडिगरले रियलसँग ४ वर्षको सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार रुडिगर सन् २०२६ सम्म मड्रिडमा रहनेछ । रुडिगर र चेल्सीबीचको सम्झौता यही जुनमा सकिँदैछ । त्यसपछि उनी आफ्ना एजेन्टमार्फत फ्रि ट्रान्सफरमा सान्टियागो बर्नाबेउ आउने पक्का भएको हो ।
रियलले आधिकारिक रूपमा भने यसको जनकारी गराएको छैन । उसले २८ मेमा च्याम्पियन्स लिग फाइनलपछि रुडिगरलाई सार्वजनिक गर्ने बनाइएको छ ।
मड्रिड र रुडिगरले पहिले नै सम्झौता गरिहेको थिए । तर, कागजी प्रक्रियाका कारण मंगलबार मात्र त्यसले पूर्णता पाएको हो । २९ वर्षीय रुडिगरले यो सिजन चेल्सीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सन् २०१७ मा इटालियन क्लब रोमाबाट स्टामफोर्ड ब्रिज आएका उनले हालसम्म क्लबका लागि १९९ खेल खेल्दा १२ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।