धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौं फर्काइयो
फाइल तस्बिर

इन्जिन फेल भएपछि श्री एयरलाइन्सको जहाजलाई आकस्मिक अवतरण गराइएको छ । 

आज काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार जहाज सकुशल अवतरण भइसकेको छ । विस्तृत विवरण आउन बाँकी रहेको ढकालले जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १२:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया