नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
मंगलबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ७५४ रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।