सुर्खेतमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

सुर्खेतको सिम्ता गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा चार प्रहरीसहित एमालेका दुई पनि घाइते भएका छन् ।

सिम्ता गाउँपालिका–६ भएको झडपमा परी एमालेका ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  

थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । एमाले कार्यकर्ताले केही बेर प्रहरीसँग पनि विवाद गरेका थिए । 

घाइते प्रहरीको अवस्थामा भने सामान्य छ । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १३:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया