मकवानपुरमा मतदातालाई बाँड्न लगेको पाइप बाटोमा अलपत्र
फरकधार / २८ बैशाख, २०७९

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा ३० गते हुने स्थानीय निर्वाचन आचारसंहिता विपरीत बाढ्न लैजाँदै गरेको खानेपानीको पाइप स्थानीयले रोकेका छन् ।



बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाढ्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेदवारसहित स्थानीयले रोकेका हुन् ।

बा ११ च ७९११ नम्बरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाइल खानेपानीको पाइप नेपाली कांग्रेसले बाढ्न लागेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । भ्यान चालकले पाइप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।



उनले घटनास्थलनजिकै मतदानको बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाइप सोही स्थानमा छोडेको बताए । उक्त खानेपानीको पाइप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताइएको छ ।

  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १५:३५:४८,   अन्तिम अपडेट : बैशाख २८, २०७९ बुधबार १५:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया