नीति तथा कार्यक्रम ७ जेठमा संसदमा प्रस्तुत गरिने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ७ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ७ जेठमा संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । 

उनले संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन ३ जेठलाई आह्वान गरेको बताए । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८-११ जेठसम्म हुने उनको भनाइ छ ।

प्रवक्ता पाण्डेले बजेट अधिवेशनका लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको जानकारी दिए । उनले ३ जेठमा पहिलो प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे । 

४ र ५ जेठमा संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए । १२ वा १३ जेठमा संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री शर्माले पेस गर्ने र संवैधानिक प्रावधानअनुसार १५ जेठमा बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डेले १५ जेठपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने पनि जानकारी दिए । पाण्डेका अनुसार प्रतिनिधिसभासँगै ३ जेठबाट नै राष्ट्रिय सभाको बैठक पनि सुरु हुने छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १६:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया