दोलखामा एक जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाकोसी गाउँपालिका–१ का वडाध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई बुधबार भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा प्रहरीले समातेको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका वडाध्यक्ष काफ्लेलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले उनीमाथि थप अनुसन्धान भइरहेको बताए । मतदानस्थलबाट १२५ थान नयाँ मतदाताको परिचयपत्र लुटेर भागे उनलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
तर, उनले परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । उनले लगेको मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।