बुटवलको मिलनचोकमा बम पड्कियो
प्रतीकात्मक तस्वीर

बुटवलमा बुधबार साँझ बम विस्फोट भएको छ । बुटवलको मिलनचोकको आकाशे पुल नजिकै बम विस्फोट भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त स्थानबाट नेकपा माओवादीको नाममा पर्चा भेटिएको छ । 

विस्फोट भएको स्थान वरपर बमका छर्रासमेत भेटिएको प्रहरीले जनाएको छ । बम किन कसले पड्काएको हो भन्नेबारे खोजतलास तथा अनुसन्धान सुरु गरिएको बुटवल प्रहरीले जनाएको छ । 

घटनास्थलबाट वडा ८ को मतदान केन्द्र नजिकै पर्ने बताइएको छ । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि जारी छ । मौन अवधिका बीचमा बम विस्फोटपछि बुटवलबासी त्रसित भएका छन् । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार २१:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया