चक्रवातसँगै दुई वायुको असर : आज र भोलि वर्षाको सम्भावना

आज र भोलि पनि देशका केही भूभागमा वर्षाको आँकलन गरिएको छ । स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ । शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ । 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । 

शुक्रबार प्रदेश–१, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश–१ का केही स्थान तथा बागमती र गण्डकीका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ६:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया