बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते


बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान डोटीमा दुर्घटना भएको हो । 

पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ७:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया